दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन

कपिलबस्तु। नेपाली गजलमा लामो समयदेखि साधनारत साधक दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन भएको छ । दीप मिलन बहरबहारले आयोजना गरेको खुल्ला गजल प्रतियोगिता २०७५ मा प्रथम भएका थिए । प्रथम हुने गजलकारको कृति पुरस्कार स्वरुप प्रकाशन गरिदिने प्रतिबद्धता अनुसार बहर बहारको संयोजनमा शिखा बूक्सले प्रकाशनमा ल्याएको हो । नेपाली गजलको सामूहिक विकासमा क्रियाशील संस्था बहर बहारको आयोजनामा यहि असोज १५ गते सम्पन्न उक्त कार्यक्रममा वर्तमान नेपाली गजलका १० प्रतिनिधि गजलकारहरूले गजल वाचन समेत गरेका थिए ।

बिज्ञापन

कार्यक्रममा अग्रज गजलकार बूँद रानाको प्रमुख आतिथ्य तथा गजलमणि डा घनश्याम परिश्रमी न्यौपाने, गजलकार भुवन निस्तेजको विशेष उपस्थिति तथा बहर बहार संस्थाका संयोजक प्रमोद थापा सहित करूण थापा, टंक गुरुङ, आवाज शर्मा, मनोज भण्डारी, भोजराज घिमिरे लगायत साधकहरूको उपस्थिति थियो ।

प्रतियोगिताले दिएको यस पुरस्कारले नेपाली गजलमा केही गर्नुछ भन्ने जिम्मेवारीबोध भएको गजलकार दीप मिलन बताउँछन । सलेदो समस्त गजलप्रेमीहरूको साझा संग्रह भएकाले पढेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन । प्रतियोगितामा विजयी भई कृति पुरस्कार पाउने सम्भवत आफू नेपालकै पहिलो गजलकार हुन पाउँदा भाग्यमानी महशुस भएको बताए । यसले साधनामा थप उर्जा प्राप्त भएको छ उनी भन्छन् ।

बिज्ञापन

संग्रहमा जम्मा ६६ गजल समावेश छन् । नेपाली गजलका पिता आदिगजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर प्राबिधिक माध्यम जुम मार्फत उक्त कार्यक्रम भएको हो । कार्यक्रम संस्थाका संयोजक प्रमोद थापाको सभापतित्वमा सचिव लालकाजी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन