दीपेन्द्रले १५ बलमा ४० रन बनाउदा नेपालले यूएईलाई ५ विकेटले हरायाे

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे १ सय ६५ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे ।

नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए । यस्तै कप्तान राेहित पाैडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ नेपालका साेमपाल कामी र अविनाश बाेहाेराले २/२ तथा गुलसन झा र करण केसीले १/१ विकेट लिए । यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए ।

नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यस्तै नेपालले हङकङलाई दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो ।

अब शृङ्खलाअन्तर्गत समूहकाे अन्तिम खेलमा पर्सि बुधवार हङकङ र यूएईबीच खेल हुनेछ । याे खेल जित्ने टाेली फाइनलमा पुग्नेछ । फाइनल खेल आउँदाे शुक्रवार हुनेछ ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण