दिपेन्द्र सिंह ऐरी नेपाली कृकेटका थ्री डी खेलाडी हुन -कप्तान राेहित पाैडेल

तस्विर : कृकेट एशासिएसन अफ नेपाल
बिज्ञापन

काठमाण्डाै । नेपाली कृकेट टिमका  कप्तान रोहितले दिपेन्द्र सिंह ऐरीलाई नेपालका थ्री डी खेलाडी भन्दै उनी मैदानमा उत्रदाँ मात्रै पनि विपक्षी टिमको आत्मविश्वासमा फरक पर्ने बताएका छन  ।

बिज्ञापन

विश्वकप छनोटको पहिलो खेल खेल्नुभन्दा अघि घाइते भएका ऐरी यूएईविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

‘हिजो खेल हारेर आएपछि दिपेन्द्र दाइले म खेल्छु भन्नुभयो,’ रोहितले भने, ‘पूर्ण फिट नहुँदा पनि उहाँको आत्मविशवास निकै राम्रो थियो । खेलाडी घाइते हुँदा पनि कसरी खेल जिताउने भन्ने सोचिरहनु भएको थियो । दिपेन्द्र दाई मैदानमा हुँदा विपक्षीको कन्फिडेन्स कमजोर भएको हुन सक्छ ।’

बिज्ञापन

यूएईविरुद्ध तेस्रे नम्बरमा ब्याटिङमा आएका गुल्सन झा २२ रनमा आउट भए । बायाँ हाते व्याट्सम्यानले राम्रो गर्न सक्छ भनेर उसलाई तेस्रो नम्बरमा पठाएको र त्यो योजना पनि सफल भएको रोहितले सुनाए ।

‘हामी टी–२० फम्र्याटमा एकदमै ललिचो टिम छौं । जो जहाँ पनि खेल्न सक्छौं,’ उनले भने, ‘त्यति बेला विपक्षी टिमको बलिङ अनुसार बायाँ हातेले राम्रो गर्न सक्छ भन्ने भयो र सोही अनुसार हामीले गुल्सनलाई पठाएका हौं ।’

विपक्षीको खेल हेरेर ब्याटिङ अर्डर परिवर्तन गर्ने गरेको भन्दै उनले थपे, ‘ओपनर बाहेक सबै ललिचो छौं । जुन स्थानमा पनि खेल्न सक्छौं ।’

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व