भैरहवा । पुर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार दिपक बोहोराले क्षेत्रको दिगो विकासलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।
उनले भने, विगतमा पनि भैलुभुज, गौतमबुदध विमानस्थल , ६ लेन सडक, भैरहवा लुम्बिनी सडक, रामापुर लुम्बिनी सडक, बनगाई मर्चवार सडक, ग्रामिण क्षेत्रमा विद्युतिकरण जस्ता कामको शुरुवात म संसद र मन्त्री हुदा गरिएका पहलकदमि र प्रयासको उपलब्धि हुन् ।आगामि दिनमा पनि धेरै काम गर्न छ ।
बोहोराले आफुले जीवन पर्यन्त देशको विकासकोलागि काम गरेको पनि बताए । उनले भने, म दिगो विकासको योजनाका साथ विगतमा पनि काम गरेको छु र आगामि दिनमा पनि गर्नेछु ।
उनले आफ्नो स्वास्थलाई लिएर केही ब्यक्तिले टिप्पणी गरेको प्रति भने, मेरो घाटिमा सामन्य समस्या हो , चिकित्सकले केही समय भाषण गर्ने, जोडले बोल्ने काम नगर्नु मात्रै भनेका हुन् ।तर मेरो सामन्य घाटिको समस्यालाई लिएर ठुलै अफबाह फैलाईएको सुने , म अहिले केही बोल्दिन अब ७र८ हप्ता पछि घाटिको समस्या निको हुन्छ अनि म बताउछु ती झुठको खेति गर्नेहरुलाई ।
उनले सम्पुर्ण मतादाताहरुलाई ढुक्क भएर आफ्नो पक्षमा उभिन र मतदान गर्न समेत आग्रह गरे । बोहोराले संसदिय राजनितिमा आफ्नो जिवनको अन्तिम उम्मेदवारि रहेको बताउदै अर्को पटक नया अनुहार र युवा पुस्तालाई अगाडि सार्ने बताए ।
२७ बर्षको उमेरदेखि क्याबिनेटमा रहेर काम गरेको बताउदै उनले आफनो जिवनको अन्तिम लक्ष्य समृद्ध रुपन्देही , समृद्ध नेपालकोलागि नीति बनाउने र योजना अनुसार काम गर्ने रहेको पनि बताए ।
उनले एमाले, राप्रपा र जसपाको उम्मेदवारले जिते मात्रै संविधानको रक्षा हुँदै रास्ट्रिय अखन्डता जोगिने पनि बताए ।
२०४१ सालमा आफ्नै पहलमा भैलुभुजा आयोजना शुरु गरेको उक्त आयोजना मार्फत रुपन्देहिको सिचाई तथा खानेपानिको समस्या समाधान भएको उनले बताए । यसैगरि सुर्यपुरा ( विसुनपुरा स्थानान्तरण गर्न लागिएको गौतमबुद्ध विमानस्थल भैरहवामै राख्ने काम पनि आफनै पहलमा भएको बोहोराको दाबि छ ।
उनले भैरहवामा डन्डा परियोजना, भैरहवा मन्डप, तिनाउ संरक्षण र तिनाउको पानिको उपयोग, कृषिलाई प्राथमिकता र मत्सय जोनको विकास र बजारिकरणमा विशेष जोड समेत दिने बताए । उनले भने हाम्रा योजना अब घोषणापत्रमा आईहाल्छन तर पनि यति बुझुस कि हामी मानिसको जीवन कसरी समृद्ध बनाउन सकिन्छ, मान्छेलाई कसरी स्वनिर्भर गराउन सकिन्छ । हाम्रा गाउघरका उत्पादित कृषि उपजलाई कसरी बजारिकरण गर्न सकिन्छ, पर्यटन बजारलाई कसरी ब्यव गर्न सकिन्छ र मानिसलाई कसरी खुसि बनाउन सकिन्छ भनेर नै गर्न सकिने काम सहितको योजना ल्याउदैछौ ।