दिगाम युवा क्लब खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि स्टार ईलाभेन चौतारालाई

बिज्ञापन

दिगाम युवा क्लबले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगितामा स्टार ईलाभेन चौतारा विजयी भएको छ ।

बिज्ञापन

आज सम्पन्न भएको प्रतियोगिताको फाईनल खेलमा दिगाम कृकेट क्लबलाई हराउदै स्टार ईलाभेन बिजयी भएको हो ।प्रतयोगितामा आयोजक टिम सहित 20 टीमले भाग लिएका थिए ।
दिगाम क्रिकेट क्लवले 12 ओभरको समाप्तिमा 97 रनको लक्ष्य दिएकोमा स्टार ईलाभेन चौताराले 10 ओभरको पहिलो बलमै लक्ष्य भेटाउदै जीत हासिल गरेको थियो।

प्रतियोगितामा म्यान अफ दी म्याच स्टार ईलाभेन चौताराको खेलाडी केशव पौंडेल बनेका छन् । उत्कृष्ट ब्याट्सम्यान विकाश आले र उत्कृष्ट बलर विवेक भण्डारीले पाएका छन ।

बिज्ञापन

कोशल पोख्रेल स्मृती खेल मैदान छात्रकोट-4, दिगाम गुल्मीमा भएको प्रतियगिताको समापन कार्यक्रममा खेलाडीको हौसला बढाउन तथा आकर्षणको लागि आयोजकले पञ्चे बाजा सहित सोरठी नृत्यको समेत आयोजना गरेको थियो।

गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको प्रमुख अतिथि तथा वार्ड अध्यक्ष गुमाखर ज्ञवालीको विशिष्ट अतिथित्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रविन पन्थले गरेका थिए।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व