वीरगञ्जमा जारी सन्दीप लामिछानेले कप्तानी गरेकाे घरेलु टिम पर्सा क्लब ११ नेपाल प्रो क्लब च्याम्पियनसिपमा दिउसाे त्रिभुवन आर्मी क्लबलाई हराउदै टिम जिताउदै फाइनलमा पुग्दा साँझ आफु विरूद्द लागेको मुद्दा भने हारेका छन ।
शुक्रबार नै वीरगञ्जको नारायणी रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै पर्सा उपाधी नजिक पुगेको हो । अदालतमा मुद्दाकाे बहस भैरहदा उनी मैदानमा खेलिरहेका थिए ।
पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मी १६.२ ओभरमा ६८ रनमै अलआउट भयो । उसका लागि कुशल मल्लले सबैभन्दा बढी १९ रन जोडे।
बसिर अहमदले नटआउट १० रन बनाउँदा आर्मीका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
आर्मीलाई पराजित गर्ने क्रममा पर्साका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ३.२ ओभरमा १३ रन मात्र खर्चिए। अनिल साह, पवन सर्राफ र सांसद मन्सुरीले २-२ विकेट लिदै जित दिलाएका हुन ।
यता अदालामा लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।
मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।