सामाजिक संञ्जाल मार्फत एकिकृत भएको एउटा समुह हो दारी ग्याङ । दारी ग्याङ को देशैभरी विभिन्न जिल्लामा जिल्लागत हुदै प्रदेश र केन्द्रीय कार्यसमिति रहेको छ । यसै क्रममा दारी ग्याङ रुपन्देही सातौ बर्षको पहिलो अधिवेशन पछीको दोश्रो मासिक बैठक जिल्ला अध्यक्ष भरत पौडेलको अध्यक्षतामा गोलपार्क स्थित दुर्गा भगवती मन्दिर परिसरमा सम्पन्न गरेको छ ।
बैठकले दारी ग्याङको नयाँ वर्ष २०७९ सालको भित्ते पात्रो प्रकाशन गर्ने, उप-समिति गठन, दारी ग्याङ रुपन्देहीले आगामी शैक्षिक सत्र २०७९ देखि शुरु गर्ने गरि निशुल्क ट्युसन कक्षा सञ्चालन गरिने निर्णय गर्दै दारी ग्याङ रुपन्देहीको स्वास्थ्य संयोजकमा सन्तोष खरेलज्युलाई सर्वसम्वत चयन गरि सम्पन्न गरेको छ । भरत पौडेल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव खिमनन्द बेल्बासे गरेको असल सुबेदीले जानकारी गराएका छन ।