दारी ग्याङ रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा भरत पौडेल सर्वसम्मत

बुटवल । दारी ग्याङ रुपन्देहीले दोस्रो जिल्ला अधिवेशन सम्पन्न गरेकाे छ ।
पुर्व केन्दिय अध्यक्ष प्रदिप गैरे (बर्ररिक) काे प्रमुख अथित्यता तथा केन्दिय सदस्य असल सुवेदीकाे अध्यक्षतामा सम्पन्न अधिवेसनले दाेस्राे कार्यकालका लागि पुनः भरत पाैडेललाइ अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
आश्विन २७ गते शनिबारका दिन शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) तिलोत्तमा, रुपन्देहीमा  सम्पन्न भएको दारी ग्याङ रुपन्देहीको दोस्रो अधिवेशनले अध्यक्षमा भरत पौडेल, उपाध्यक्षमा सौगात पाठक, सचिवमा बिकास श्रेष्ठ, सह-सचिवमा बिष्णु पाण्डे, कोषाध्यक्षमा सन्जय चालिसे लगायतका पदाधिकारी चयन गरेकाे छ ।
त्यस्तै सदस्यहरुमा लेलिन भुर्तेल, जीवन विश्वकर्मा, बिमल पन्थी, रमेश खनाल, राजन क्षेत्री, सौरब प्रसाद ढकाल, सागर थापा सर्वसम्मत चयन भएका छन।
सात वर्ष अघिदेखि फेसबुक ग्रुपकाे रुपमा युवाहरु माझ लाेकप्रिय रहेकाे दारी ग्याङले गालामा दारी काधमा जिम्मेवारी भन्ने मुल नारा नै बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएकाे छ। देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारी ग्याङका समूहहरु सक्रिय छन् । अन्य जिल्ला भन्दा दारी ग्याङ रूपन्देही सामाजिक कार्यमा बढी सक्रिय रहेकाे छ । दारी ग्याङकाे फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जाेडिएका छन् ।
यसअघि फेसबुक ग्रुपमा मात्र सिमित रहेकाे दारी ग्याङलाई संस्थागत र संरचनागत अभ्यास मार्फत संगठित गरेर राष्ट्रिय सम्मेलन गरि नयाँ कार्य समिति चयन भैसकेकाे र हरेक जिल्लामा अधिवेसन सम्पन्न गरी नया नेतृत्व चयन गर्ने निवर्तमान अध्यक्ष प्रदीप गैरे बर्बरिकले जानकारी दिनुभयाे ।
सुरुमा दारी पाल्न रुचाउने युवाहरु मात्र आवद्ध याे ग्रुपमा पछिल्लाे समय सामाजिक भावनाका साथ सामाजिक गतिविधिमा सक्रिय अरु थुप्रै युवाहरु पनि जाेडिएका छन् ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व