दाङमा यो वर्ष धान उत्पादन बढ्यो

दाङ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ ।

बिज्ञापन

यसपालि धानखेतीका लागि बेलैमा मनसुन भएको र रासायनिक मलको अभाव नभएकाले गएको वर्षको तुलनामा उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

यो वर्ष दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।

बिज्ञापन

गएको वर्षको तुलनामा यो वर्ष तीन दशमलव ३७ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । तर बेमौसमी वर्षाका कारण २७ हजार ६ सय ६८ मेट्रिक टन धान उत्पादनमा क्षति पुगेको लामिछानेले बताउनुभयो ।

धान भित्र्याउने बेला गएको कार्तिक पहिलो हप्ताको वर्षाले धानबालीमा क्षति गरेको थियो । गएको वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १ लाख ६७ हजार ७ सय मेट्रिक टन धान उत्पादन गरिएको थियो । दाङमा ७५ प्रतिशतले हाइब्रिड जातको धान लगाउने गरेको तथ्याङ्क छ ।

धेरै उत्पादन हुने भएकाले किसानले हाइब्रिड धान लगाउने गरेका छन् । हाइब्रिडसँगै लोकतन्त्र, विन्देश्वरी, सावित्री जातका धान पनि किसानको रोजाइमा पर्ने गरेको कृषि अर्थ विज्ञ लामिछानेले बताउनुभयो ।

यो वर्ष धानबाली लगाउने बेला रासायनिक मलको अभाव नभए पनि हिउँदे बालीका लागि किसानले मलको अभाव भोग्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै