दाङमा प्राधिकरणलाई लाल्टिन उपहार

दाङ । केही दिनयता दाङमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि विद्युत प्राधिकरणलाई लालटिन उपहार दिएको छ।

कांग्रेस घाेराही नगर समितिले प्राधिकरणको वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष ध्यानाकर्षण पत्र सहित लाेडसेडिङकाे उपहार भन्दै बलेको लालटिन उपहार दिएकाे हो। यस अघि अघोषित लोडसेडिङलाई समाधान गर्न गरिएको आग्रहको बेवास्ता भएपछि अहिले प्राधिकरणलाई दबाबका लागि लालटिन नै उपहार दिनुपरेको नगर सभापति तिलक रावतले बताए । उनले तत्काल समाधान गर्न माग समेत गरिएकाे बताए ।

नेपाली कांग्रेस दाङ प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ,क्षेत्र नं. २ का क्षेत्रीय सभापती भिमप्रकाश खड्का, उपसभापति दुर्लभ केसी,दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जाेशी, नगर सदस्य किरण बाेहरा,ऋषि पाेख्रेल,सुरज बुढाथोकीसहितको टोलिले प्राधिकरणलाई लालटिन उपहार हस्तान्तरण गरेको हो।

सम्बन्धित खवर

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त