दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

दाङ । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

बिज्ञापन

घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।

बिज्ञापन

“दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्”, उनले भने । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उनले बताए । तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार–पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् ।

“उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ज्वरोका बिरामी भर्ना हुन थालेका छन्”, उनले भने । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उहाँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

gold

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित एक जना पक्राउ

IMG_20231208_072602

देवदहमा रेडक्रस उपशाखा स्तरिय कविता प्रतियोगिता सम्पन्न

US open Nepali cricketer

अमेरिकामा कृकेट लिग खेल्न दीपेन्द्रसहित छ जना नेपाली खेलाडीलाई निम्तो

तस्वीर ; कृकेट एशाेसिएसन अफ नेपाल

आजदेखी यू-१९ एसिया कप सुरु; नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्दै

408466250_1072965060787667_7983627665660155269_n

तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

फाइल तस्वीर

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

तस्बिर : एजेन्सी

रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको ज्यान जादा दुइ जना युक्रेनी सेनाको नियन्त्रणमा

407768929_841899551277150_3304068699329251705_n_pxAg4lMyox

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै