दाङको बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् ।

शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका-११ को मोतीपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना वेपत्ता भएका थिए ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल