दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

बिज्ञापन

काठमाण्डाै । दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

बिज्ञापन

चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

बिज्ञापन

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भिड लाग्ने गर्दछ ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व