त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाडौं । आसिफ शेखको अर्धशतको मद्दतमा नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको छ ।

ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।

लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।
ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो ।

त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे । मलेसिया विरुद्ध २१ रन बनाउँदै दीपेन्द्र १२औं ओभरमा आउट भए ।

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए ।

सम्बन्धित खवर

बुद्धका सन्देशलाई फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ: पूर्व राष्ट्रपति

देवदहमा गुञ्जिए नवराज पराजुलीका कविता

देवदह ५ मा वडास्तरीय खेलकुद समिति गठन: अध्यक्षमा नविन लुईटेल

सोईया महिला स्वावलम्बि संस्थाको अध्यक्षमा केशुमाया श्रेष्ठ

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण