तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु

बिज्ञापन

बुटवल । तेस्रो सुनवल महाेत्सव २०८० आजबाट सुरु भएकाे छ ।

बिज्ञापन

कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नती भन्ने मलुनारा साथ तेस्रो सुनवल औधोगिक ब्यापार मेला सुनवल नगरपालिका-३स्थित सोमनाथ हाटबजारमा आज देखि सुरुभएको हाे ।

बिहिवार मेलाको समुद्घाटन गर्दै मुख्यमन्त्रि चौधरीले निजि क्षेत्र चलायमान हुनुपर्ने बताउनुभयो । । स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धनका लागि मेला आयोजना गरिएको उद्योग वाणिज्यसंघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य जानकारी दिए ।

बिज्ञापन

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायत विभिन्न प्रकृतिका दुईसय स्टलहरू रहेक उनले बताए । पौष ०४ गते सम्म सञ्चालन हुने मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।

महोत्वस उद्घाटनमा लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेत, वैजनाथ जैसवाल, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, सुनवल नगरपालिका नगर प्रमुख विमला अर्याल, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उद्योग वाणिज्यसंघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न राजनैतिक दल,संघसंस्था,कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मेला समुद्घाटन पुर्व सुनवल चौराहा सि गेटबाट विभिन्न संघसंस्था,आदिवासी जनजाति संगठन,आमा महिला समुह, विद्यालयको र्यालि,झाकि,प्रर्दशनी, नाचगान सहित मेला स्थल सम्म प्रभातफेरी गरीएको थियो ।

मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य प्रवेशद्धार महल पोखरीको मन्दिर र दायावाया कृष्ण मन्दिर र बर्दगोरियाको प्रतिमा बनाइनुका साथै गुरुङ,मगर तथा थारु समुदायको परम्पराग घर,तथा खानाको परीकार,कृषि,विज्ञान प्रदर्शनी र टिकटक जोन ,होटल तथा व्यापारका स्टलहरु रहेका छन् ।

महोत्सवको दोस्रो दिन भोलि गायिका शान्तिश्रि परियार, गायिका सम्झना रणपाल, गायक भुपराज न्यौपाने, गायक बसन्त लम्साल लगायत स्थानीय कलाकारको विशेष प्रस्तुती रहने छ ।

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै