तिहारलाई सभ्य ढंगले मनाउन देवदह नगरको अनुरोध

रुपन्देही । देवदह नगरपालिकाले तिहार पर्वलाई आफ्नो मौलिक रीति, परम्परा र संस्कृति प्रोत्साहित गर्ने गरी सभ्य तरिकाले मनाउन सबैलाई अनुरोध गरेको छ । तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम सञ्चालन गर्दा खेल्दा ठूलो आवाजमा साउण्ड सिस्टम प्रयोग नगर्ने, राती ९ बजेपछि नखेल्ने, नेपाली रीति रिवाज, परम्परा र नेपाली संस्कृतिलाई प्रोत्साहन गर्ने लगायतका विषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी गराउनुभएको थियो ।

नगरपालिकाले जुवा तास कौडा सट्टेबाजी झण्डापूर्जा लगायत खेल खेल्न र खेलाउन प्रतिबन्ध समेत लगाएको छ । मदिरा र मदिराजन्य वस्तुको विक्रि वितरण रातीको ९ बजेसम्म अनुमति प्राप्त व्यवसायीबाट मात्र गर्ने । प्रशासनबाट स्वीकृत नलिई कुनै पनि चिठ्ठा उपहारका कार्यक्रम संचालन नगर्ने नगराउने । त्यसैगरी पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन र आतिसबाजी नगराउने नगर्ने, विष्फोटक पदार्थको उत्पादन भण्डारण विक्रि वितरण परिवहन र पैठारी नगर्न नगराउर्न सबैलाई अपिल गरेको प्रवक्ता डुम्रेले बताउनुभएको हो ।

चाडपर्वको मुखमा मुल्यवृद्धि र कालाबजारी हुने गरेको बताउदै सम्पूर्ण व्यवसायी तथा व्यपारीहरुले पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न समेत अपिल गरेको छ । त्यस्तै नगर भित्रको स्थानीय फूलहरुको उत्पादनलाई प्रवर्धन गर्न र फूल उत्पादक किसानहरुलाई प्रोत्साहन गर्नको लागि आउँदै गरेका तिहार छठ लगायतका पर्वहरुमा स्थानीय फूलमालाको मात्र प्रयोग गर्नको लागि नगरवासीहरुमा नगरपालिकाले अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

सगरमाथामा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देवदहमा मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय अध्यक्षमा किशन ब. थापा

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित