तिहारको टीका लगाउन हिँडेका खुम बहादुर मृत अवस्थामा फेला

अर्घाखाँचीको भूमिकास्थानमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

तिहारको भाइटीका लगाउन भनी हिँडेका गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती भूमिकास्थान नगरपालिका-३ सिख्रको भीरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले बताए ।

कात्तिक २९ गते तिहारको दिन भूमिकास्थान-३ सिख्रमा दिदी कमला घर्तीको घरमा तिहारको भाइटीका लगाउन भनी हिँडेका घर्ती मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल