तिलोत्तमा चेम्बर अफ कमर्सको मुख्य आयोजना तथा नेपाल चेम्बर अफ कमर्स,लुम्बिनी चेम्बर अफ कमर्स र रुपन्देही ब्यापार संघको सहआयोजनामा तिलोत्तमा-५ मणिग्राममा माघ १३ देखि माघ २४ गतेसम्म ब्यापार मेला सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्।
‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार : सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ मूल नाराका साथ आयोजित मेलामा स्वदेशी तथा विदेशी कृषिजन्य, औद्योगिक, हस्तकला, गार्मेन्ट, दैनिक उपभोग्य, अटो मोबाइल्स, सूचना प्रबिधि लगायतका ३ सय बढी स्टल रहने संघका अध्यक्ष बाबुलाल भुसालले बताए ।
मेला २ लाख दर्शकले अवलोकन गर्ने र करीब १० करोडको कारोबार हुने लक्ष्य रहेको महासचिव बिष्णु बरालले बताए ।
मेलामा पर्यटन, कृषि र ब्यापार प्रबद्र्धनका लागि गोष्ठी र सेमिनार पनि गरिने संघका उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए। मेलामा लोक दोहोरी गीत प्रतियोगिता,डान्स आइडल लगायत मनोरन्जनात्मक कार्यक्रम पनि रहेका उनले बताए ।
पत्रकार सम्मेलनमा तिलोत्तमा ५ का वडा अध्यक्ष चेतनारायण भण्डारी, चेम्बर अफ कमर्स लुम्बिनीका महासचिव जेपी कंडेलले मेललाई उपभोक्तामैत्री र गुणस्तरीय बनाउन सुझाव दिएका छन् ।