तिलोत्तमा चेम्बरको रक्तदानमा ४१ युनिट रगत संकलन

तस्वीर - लक्ष्मण पाैडेल

बुटवल । तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्नो १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संघको कार्यालय मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा व्यवसायीहरुले उत्साहजनक सहभागिता जनाएको संघका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिनुभयाे । कार्यक्रमको उदघाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले मानवीय जीवनका लागि रगत अत्यन्तै महत्वपूर्ण भएकाले यस्ता कार्यक्रमतर्फ संघ सधै अग्रसर भइराख्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।

उहाँले व्यवसायीहरुको हक हित र उनीहरुका मुद्दालाई बोकेर संघको नेतृत्व अगाडि बढेमा संस्था मजबुत हुने र व्यवसायीहरुका लागि व्यावसायिक सीपका साथै नेतृत्व र क्षमता विकासका कार्ययोजनाहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयाे ।

चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले सही कार्ययोजना र नेतृत्वले मात्र संस्थाको सवलीकरण र विकासमा टेवा पुग्ने बताउनुभएकाे थियाे ।

कार्यक्रममा संघका उपाध्यक्ष नेत्रप्रसाद न्यषैपाने, महासचिव विष्णु बराल क्षेत्रीले पनि आ-आफ्नो धारणा राख्नुभएकाे  रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिनुभयाे ।

तिलोत्तमा चेम्बर अफ कमर्शको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन यही पुस १४ गते हुँदैछ ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी