तिलोत्तमा अखिल साँझमा कलाकारहरुको बेजोड प्रस्तुति

रुपन्देही । अनेरास्ववियु तिलोत्तमा नगर कमिटीको आयोजनामा शनिवार शंकरनगर दुर्गादत्त माविको प्रांगणमा भएको साँस्कतिक कार्यक्रम अखिल साझ २०७९ मा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

बिज्ञापन

कार्यक्रममा युवाहरुको ढुकढुकी बन्न सफल लोकप्रिय कलाकार रचना रिमालले गित गाउँदा दर्शकहरु उत्साहका साथ नाचेर साथ दिएका थिए । उनले गाएका ढुंगे धारामा, फोटो फिरिममा, उनको पिरती पहिले हो कि, सम्झिने पानी छम्किने जस्ता गित प्रस्तुत गर्दा दर्शकहरुले साथ दिएर करिव रातको १० बजेसम्म पनि साथ दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी कलाकार बद्रि पंगेनीले जनताको शासन अझै पनि आको छैन है, जुन सरकार आए पनि, जस्ता गित गाउँदा उपस्थित दर्शकले ताली बजाएर साथ दिएका थिए । उनले ससुरालीमा, तिजको गित भाइ लिन आउँछु भन्दा, लगायतका रमाइला गित प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष, प्रतिनिधिसभा साँसद विष्णु पौडेलले सम्बोधन गरेका थिए । पुर्व उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएका पौडेलले अखिलले जुन उद्देश्यका साथ अखिल साँझ गरेको छ त्यसलाई अनिवार्य रुपमा कार्यान्वयन गर्न निर्देशन गरेका थिए । उनले अनरास्ववियु तिलोत्तमा नगर कमिटीले गरिव तथा जेहन्दार विद्यार्थीहरुका लागि सहयोगार्थ स्थापना गर्न लागेको अक्षयकोषका लागि आफुले १ महिनाको पारिश्रमिक वापतको प्राप्त रकम हस्तान्तरण गर्ने समेत बताएका थिए ।
गरिव तथा जेहन्दार र शिक्षाको पहुच भन्दा बाहिर रहेका विद्यार्थीलाई केही मात्रामा भए पनि राहत दिने उद्देस्यले अखिल साझको आयोजना गरिएको नगर अध्यक्ष खनालले बताएका थिए ।

बिज्ञापन

उक्त कार्यक्रममा रास्ट्रिय हास्यव्यंग्य कलाकार पुरुषोत्तम भन्डारी पुर्खे बा, लोक तथा दोहोरी गायक नारायण बिपि परियार, रेणुका भट्टराई, राष्ट्रिय कलाकार एन्जिला रेग्मी, लोकप्रिय डान्सर सबिता भुसाल लगायतको जोडदार प्रस्तुति रहेको थियो भने शंकरनगर दुर्गादत्त क्याम्पस र राममणी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समेत छुट्टाछुट्टै प्रस्तुती रहेको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का पोलिटप्युरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पुवृ मन्त्री लिला गिरी, नेकपा (एमाले) लुम्बिनी प्रदेश उपाध्यक्ष तथा प्रदेश सरकारका पुर्व मन्त्री भोजप्रसाद श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष तेजेन्द्र के.सी., उपाध्यक्ष जागेश्वरी चौधरी, सचिव यज्ञ गैरे, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डे, स्थायी कमिटी सदस्य सरोज पोखरेल लगायतका अनेरास्ववियु र नेकपा (एमाले) का नेता कमरेडहरुको आतिथ्यता रहेको उक्त कार्यक्रममा स्थानीय विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।

अनेरास्ववियु तिलोत्तमा नगर कमिटीका अध्यक्ष सरोज खनालको अध्यक्षता, उपाध्यक्ष दिवस खनालको स्वागत र सचिव मदन न्यौपालेको सञ्चालनमा सम्पन्न भएको थियो भने साँस्कृतिक कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी कलाकार नारायण विपी परियारले गरेका थिए ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर