तिलोत्तमामा दोस्रो व्यापार मेला शुरु

तिलोत्तमा // दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ आजदेखी सुरु भएको छ । तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरेको मेलाको आज उद्घाटन गरिएसंगै मेला शुरु भएको हो । उद्घाटन कार्यक्रममा उद्योगी ब्यवसायीले बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने चेतावनी दिएका छन । उद्योगी ब्यवसायीहरुले बैंकहरुले ब्याज नघटाए चरणबद्ध आन्दोलन समेत गर्नेे बताएका हुन। बैंकहरुलाई उद्योगका चापी बुझाएर चरणबद्ध आन्दोलन थालिने उनीहरुले उल्लेख गरेका छन ।

बिज्ञापन

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गर्नुभएको छ। कोभिड १९ र बैंकको ब्याज वृद्धिले उद्योगी ब्यवसायी थलिएको अवस्थामा उनीहरुको समस्या समाधानको लागि नगरपालिकाले सधै साथ दिने बताउनुभएको छ । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले मेला सफल बनाउन तिलोत्तमाबासी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले मेला सफल पार्न नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटक पटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराईरहेको बताउदै तत्काल बैंकहरुले ब्याज नघटाए चरणबन्द आन्दोलन थालिने बताउनुभएको छ । सरकारले उद्योगमैत्री नीति ल्याउन नसकेको भन्दै उहाँले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो। कार्यक्रममा उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने लगायतले बोल्दै निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको र अबै फेरि चर्को ब्याजबिरुद्ध आन्दोलन थालिने उल्लेख गर्नुभएकोे हो ।

बिज्ञापन

तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका हितराज पन्थी, माओवादी केन्द्रका निर्मल जीसी लगायतले पनि उद्योगीका समस्या समाधानका लागि आफूहरु तयार रहेको उल्लेख गर्नुभएको छ। तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा चम्बर अफ कमर्श सहआयाजक रहेको महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा