तिलोत्तमामा अर्की एक युवतीको पनी रहस्यमयी मृत्यु : घरमै असुरक्षित बन्दै बुहारीहरु

बिज्ञापन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फेरी अर्कीू एक युवतीको रहस्यमय तरिकाबाट मृत्यु भएको छ । तिलोत्तमा–२ भेटेनरी लाइनकी स्थानीय २९ वर्षीया अमृता खत्री विष सेवनबाट सिकिस्त भएको पाइएको र बुधबार राति करिब पौने दस बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बुधवार रहस्यमयी मृत्यु भएकी २९ वर्षीया अमृता खत्री

माइती पक्षले आत्महत्या नभई अमृताको हत्या भएको दाबी गरेका छन् । उनीहरुले श्रीमान् प्रेम टण्डन र आफन्तबाट हत्या भएको भन्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् । पीडकलाई कारबाहीको माग गर्दै बिहीबार बिहानदेखि दिउँसोसम्म माइती र स्थानीयले घर घेराउ गरेका हुन् । पछिल्लो समयमा पटक–पटक घरपरिवारले कुटपिट र यातना दिएको र बुधबार विष सेवन गराएको स्थानीयको दाबी छ । दबाब बढेपछि सोधपुछका लागि भन्दै प्रहरीले प्रेमलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार विष सेवन गरेकी अमृतालाई उनका श्रीमान्ले नै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएका थिए । तर अस्पतालले ९ बजेर ५५ मिनटमा उनलाई मृत घोषणा गरेको थियो । बाटोमा आउँदै गर्दा मृत्यु भएको अस्पतालको सूचनामा उल्लेख छ । यद्यपि माइतीले हत्याको दाबी गरेपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

बिज्ञापन

मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अमृताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । यही आधारमा माइतीपक्षले अमृताले विष सेवन गरेको नभई उनका पतिले विष खुवाएको दाबी गरेको छ । अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएकाले पनि घटना रहस्यमयी भएको दाजु दाजु पुष्पकले बताए ।

तिलोत्तमा–२ बरपिपलपथकी अमृताको करिब ९ वर्षअघि बिहे भएको थियो । उनका ८ वर्षे छोरा छन् । भारतमा मजदुरी गर्ने प्रेम ५ वर्ष यता तिलोत्तमामा बस्न थालेका थिए । मंगलबार मात्रै अमृतामाथि कुटपिट भएपछि छिमेकीले माइतीपक्षलाई बोलाएका थिए । माइतीले मिलेर बस्न आग्रह गर्दै फर्केका थिए ।

त्यस्तै दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएकी रुपन्देही तिलोत्तमा वार्ड नं। ८ मणिग्राम स्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको गत भदै २० गते आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।

भदौ २० गते विहान मृत फेला परेकी भएकी २७ बर्षीया सीता भण्डारी

तिलोत्तमा नगरपालिका वाड ५ घर भएका ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीताको आफ्नै घरको कोठामा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको थियो । भदौ ६ गते तीजसमेत मानेर घर फर्किने गरि माइतीमा आएकी सीतालाई श्रीमान टीकाले भदौ १९ गते दिउँसो घरमा भतिजको बर्थडे छ ‘तिमी घर जाउ म पनि साँझ घर आउँछु’ भनेर पाल्पाबाट फोन गरेका श्रीमानको बचन हार्न नसकी उनी घर फर्किएकी थिईन सिता । माइतीले उनी घरबाट हिँडेदेखि राति ९ बजेसम्म माइतीले फोन गरिरहे तर उनको फोन उठ्दै उठेन । अर्को दिन एक्कासी अर्को माइतीलाई काम छ भनेर टीकाको घरबाट बोलाइयो । माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुङ्गीले कसिएको र भुँईमा लडेको अवस्थामा भदौ २० गते विहान सितामृत फेला परेकी थिईन् ।

सम्बन्धित खवर

देवदह बुद्ध पब्लिकमा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

संघीयताको सवलिकरणनै बलियो प्रदेशः मुख्यमन्त्री आचार्य

जब दिलबहादुर काठको कोसि बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगेपछी…

संविधान दिवसकाे अवसर पारेर खुल्ने भयो धरहरा; सर्वसाधारणलाई निःशुल्क

देवदह २ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको चौथो चार्टर्ड नाईट सम्पन्न

भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धिको दिशामा अगाडी बढेका छौं : स्वास्थ्य मन्त्री सारु

एमाले सम्मरीमाई गाउँ कमिटीको अध्यक्षमा हद्धिस देवान