तिलोत्तमाको मेयरमा रामकृष्ण खांण निर्वाचित

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांण निर्वाचित भएका छन् । नेकपा एमालेका मोहन चापागाईलाई ७ सय ६५ मतान्तरले पराजित गर्दै खांण विजयी भएका हुन् । खांणले २४ हजार ३ सय ९६ मत पाएर निर्वाचित हुंंदा चापागाईले २३ हजार ६ सय ३१ मत पाए । मेयरमा निर्वाचित खांण २०७४ को चुनावमा एमालेका बासुदेव घिमिरेसंग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसंग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसंग गठबन्धन गरेको थियो ।
उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतको अन्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुदा पाण्डेले ११ हजार ५ सय ४६ मत पाए ।
१७ वटा वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७ सय ४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।
वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका डिलबहादुर भट्टराई, ३ मा कांग्रेसकै कल्याण पौडेल, ४ मा एमालेका हरि बहादुर क्षेत्री र ५ मा कांग्रेसका रमेश डुम्रे बिजयी भएका छन् ।
यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्र्ेसका ध्रुव न्यौपाने, १० मा एमालेका गेपाल प्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै सहदेव थारु निर्वाचित भएका छन् । वडा नंंं. १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसका अश्विन पौडेल, १५ मा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुषाल र १७ मा पनि कांग्रेसकै दान बहादुर चौधरी बिजयी भएका छन्।

बिज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

देवदहमा बौद्ध दर्शन सम्बन्धि प्रवचन

देवदहमा जारी तेश्रो अन्तर वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता: क्वाटर फाईनलका खेलहरु सम्पन्न

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ३ र १२ सेमीफाईनल प्रवेश

वाफ वुमन्स च्याम्पियनसिपमा आज प्यालेस्टाइनसँग खेल्दै नेपाल

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरामा सहमत हुन सकिदैन; -एमाले उपाध्यक्ष पौडेल

जाजरकाेटका भूकम्प पीडितलाई क्यानकाे २० लाख रुपैयाँ सहयाेग

देवदहमा जारी वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं ५ र ७ विजयी

देवदह नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा सुरु