‘तिन अटेरी दारीवाला, एक भिजन, नगर विकास’, -चर्चामा स्वतन्त्र उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् बनेपा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माडव्यले चुनाव चिह्न धारा पाएका छन ।

आफूहरु लाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेल र बनेपा का माण्डव्य लाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो ।

अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले  चुनाव चिह्न ‘लौरो’ नै पाएका छन् ।
शनिबार बिहानमात्रै लौरो चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका उनको चुनाव चिन्ह निर्वाचन कार्यालयले फिर्ता लिएको थियो । र उनलाई अर्को चुनाव चिन्ह रोज्न भनेको थियो ।

बनेपाले लामो समय देखि भोगेको दुखमध्ये पानीको समस्याको समाधानको लागि एक घर एक धारा एक सिंचाइ नारा बोकेको हुनाले  धारा रोजेको माण्डव्य बताउछन ।
“समृद्धिको नारा: एक घर एक धारा
बनेपा बनाउने हाम्रो अभिभारा ” नारा लिएर निर्वाचनमा होमियको छु, माण्डव्य भन्छन ।

मैले देखेका सपना,तपाईहरुले देखेका सपनालाई हाम्रो साझा सपनाको रुपमा पूरा गर्दै नेपालकै समृद्ध, नमुना, प्रविधिमैत्री, एग्रो टुरिजम र स्याटलाईट सिटिको रुपमा बनेपा नगरपलिकालाई बिकास गर्ने गुरुयोजना सहित उम्मेद्बारी दिएको छु ।

बनेपा नगरपालिकाको मेयर नगर प्रमुख को पदका लागि स्वतन्त्र उम्मेद्बारी दिने माण्डव्य राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल का अध्यक्ष पनि हुन ।

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने