तारा एयरको विमान दुर्घटना मा परेका १४ जनाको शव भेटियो, खोजी कार्य जारी

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ ।

अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने अधिकारीहरुले बताएका छन् । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् ।

ती शवलाई काठमाडौं ल्याउने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य एवम् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो । खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा जहाज दुर्घटना भएको अवस्थामा फेला परेको थियो ।

जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।

नाइन एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

सम्बन्धित खवर

पाल्पाको बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना

दैलेखका १८ सरकारी कार्यालयमा अनुगमन

देवदह–८ मा किसानलाई निशुल्क फलफुलका बिरुवा वितरण

सगरमाथामा शिक्षक तथा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न

देवदहमा मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सुरु

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको क्षेत्रीय अध्यक्षमा किशन ब. थापा

देवदह ११ मा बाख्रा शिविर सम्पन्न, ८० किसान लाभान्वित