तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

पाल्पा। तानसेन नगरपालिकाको कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदान स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ८५ प्रतिशत निर्माण कार्य सकिएको छ ।
टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको नगरपालिका कार्यालयले जनाएको हो।

बिज्ञापन

टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अघि बढेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । अहिले यहाँ ७४ मिटर चौडाइ र एक सय नौ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ ।
आगामी फागुनदेखि खेलमैदान स्तरोन्नति भई पूर्णरूपमा तयार हुने तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की बताउनुहुन्छ ।

विसं २०५० अघि यहाँ हुने गरेका राष्ट्रियस्तरका फुटबल प्रतियोगिता वीरेन्द्र शिल्ड, राष्ट्रियस्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ । यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेलप्रेमीमा उत्साह जागेको छ । पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामा नै रहेको यस मैदानमा ठूला–ठूला कार्यक्रम, सभा, समारोह हुने गरेका छन्। खेलमैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ । यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ ।

बिज्ञापन

नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर