तपाइको आजको राशिफलः माघ ९

बिज्ञापन

माघ ९ गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कुनै धार्मिकस्थलको उपलब्धिमूलक भ्रमण सफल हुनेछ । आजको दिन सामाजिक कार्यमा जस पाइने दिन रहेको छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

बोली वचनको उच्च प्रभाव पर्ने समय रहेको छ । शुभ कर्मको यत्रतत्र चर्चा चल्ने देखिन्छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

सभा समारोहमा सरिक भइनेछ । मान सम्मानमा वृद्धि हुने देखिन्छ, मिष्ठान्न भोजनको अवसर प्राप्त होला ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आत्मविश्वास तथा लगनशीलतामा केही कमी आउने देखिन्छ । आजको दिन तपाईमा हीनताबोध महसुस हुनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने समय रहेको देखिन्छ । अनायासै आर्थिक लाभको मौका समेत जुर्ने समय रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

गरिरहेको भन्दा बाहिरी कामबाट बढी मुनाफा हुने देखिन्छ । साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाइने दिन रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

नयाँ कार्ययोजनाहरु तय हुनेछन । रोकिएका कार्य पुनः निरन्तरता पाउनेछन । थालेका कार्यले राम्रो गति लिनेछन ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आजको दिनमा मानसिक दिक्दारी तथा शारीरिक आलस्यता बढ्ने देखिन्छ । बन्न लागेको काम अन्तिम अवस्थामा बिग्रिने उच्च सम्भावना रहेको छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आशा गरेको व्यक्ति स्थानबाट सकारात्मक प्रतिक्रिया पाइनेछ । साहित्य कला खेलकुद जस्ता क्रियाकलापमा मन जाने समय रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

आजको दिन आत्मसन्तुष्टि हुने कार्य सम्पन्न होला । खास व्यक्तिलाई घरमा अतिथिका रुपमा स्वागत गर्न पाइनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

स्वजनबाट राम्रो साथ सहयोग हौसला पाईने देखिए पनि आर्थिक लगानीका लागि भने समय प्रतिकूल रहेको छ धैर्यता राख्नुहोला ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

वादविवादबाट टाढा नै रहेको उचित हुने देखिन्छ । हक अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने समय रहेको देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व