तपाइको आजको राशिफलः माघ ६

माघ ६ गते सनिबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने देखिन्छ । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने समय रहेको छ ।

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

सामाजिक मान सम्मानमा वृद्धि आउनेछ । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने समय रहेको देखिन्छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

आफन्तजनहरु बाटै नै प्रतिपक्षीको भूमिका खेल्न सक्नेछन । अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्ने देखिन्छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

शुभ समाचारको आगमनले मन प्रसन्न हुनेछ । साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्ने योग रहेको छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

स्वास्थ्य स्थिति प्राय अनुकूल रहेपनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुनेछ संयमित भई अगाडी बढ्नुहोला ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

आशा गरेको व्यक्ति तथा स्थानबाट निराश बन्नुपर्ने हुनसक्छ । व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने समय रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्नेछ । वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर हुने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

थालेका कार्यले सफलताको मार्ग पक्रिनेछन । मानसिक रुपमा शान्ति मिल्ने समय रहेको देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

शत्रु पक्षको लज्जास्पद हार हुने देखिन्छ । घरमा नवीन चहलपहल छाउने समय रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

यात्रामा अनेकन विध्नबाधा सहनुपर्ने हुनसक्छ । मनमा अशान्तिको कालो बादल मडारिने समय रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आजको दिन मन प्राय अस्थिर रहनेछ । स्वजनसँगै वैचारिक मनमुटावको स्थिति बन्न सक्ने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आरोग्यतामा थप वृद्धि आउने समय चलेको देखिन्छ । आजको दिन तपाईको लागगि कार्यसिद्धिको समेत योग रहेको देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

स्काउटको ६५ औं उड्वायज तथा ५३ औं गर्ल एडभान्स तालिम सुरु

ह्रदयन्द्रको नेतृत्वमा तान्त्रिक अनुष्ठान, टुनामुना गरेर राजावादीले गणतन्त्र ढाल्ने

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल