तपाइको आजको राशिफलः माघ ४

बिज्ञापन

माघ ४ गते विहिबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्ने देखिन्छ । नयाँ ज्ञान सीप अनुभव लिने मौका जुर्ने समय रहेको देखिन्छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

आत्मसम्मान तथा आत्मविश्वासमा कमी आउने देखिन्छ । स्वजनबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

शुभ समाचारको आगमनले मन प्रफुल्ल होला । आर्थिक लाभको शुभ योगको समय रहेको देखिन्छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

विपरीत लिङ्गी मित्रले राम्रो साथ, सहयोग दिनेछन । नयाँ रोजगारी आय आर्जनका बाटा खुल्ने समय रहेको देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

धेरै लामो समयदेखि स्थगित कार्यहरु पुनः सुचारु हुने देखिन्छन । साथसाथै नयाँ कार्ययोजना तय हुने दिन रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

मानसिक तथा शारीरिक अल्छीपन बढ्ने देखिन्छ । बन्नै लागेका कार्य अन्तिममा गएर बिग्रिने उच्च सम्भावना रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

साहित्य सङ्गीत तथा मनोरञ्जनात्मक कार्यमा रुचि बढ्ने देखिन्छ । साथमा आशा गरेको व्यक्ति वा स्थानबाट सहयोग प्राप्त हुनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

विशिष्ट व्यक्तिको आतिथ्यता प्राप्त हुने देखिन्छ । आवसमा नयाँ रौनकता छाउने दिन रहेको छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

शेयर चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत प्रतिफल नदिने देखिन्छ । मनमा अशान्तिको कालो बादल मडारिने देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

वादविवादको दलदलमा फसिने उच्च सम्भावना रहेको हुदा संयमति रहनुहोला । अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने देखिन्छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

धार्मिक तथा सामाजिक कार्यमा मन जाने समय रहेको छ । साथसाथै कार्यसिद्धिको शुभ योग रहेको देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आजको दिनमा वाणीको माध्यमबाट फाइदा लिन सकिनेछ । शुभ कर्मको चर्चा चल्ने समय रहेको देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै