माघ ३ गते बुधबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,
हीनताबोध महसुस होला, आत्मबलमा कमी महसुस हुने देखिन्छ । लगनशीलतामा पनि केही ह्रास आउने समय रहेको छ ।
वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
आर्थिक पक्ष अझै सबल बन्दै जाने दिन रहेको छ । ठीक समयमा उचित निर्णय लिन सकिने देखिन्छ ।
मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, ह
आशै नगरेको व्यक्तिबाट सहयोग प्राप्त हुने दिन रहेको देखन्छि । रोजगारी वा आय आर्जनका नयाँ बाटाहरु खुल्ने समय रहेको छ ।
कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
लामो समयदेखि रोकिएका कार्यहरू पुनः सुचारु हुनेछन । लगानीका नयाँ कार्ययोजना तय हुने समय रहेको छ ।
सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे
शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ । बन्न लागेको काम अन्तिम अवस्थामा पुगेर बिग्रिने सम्भावना रहेको छ ।
कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुने देखिन्छ । कला साहित्य सङ्गीतमा रुचि बढ्ने समय रहेको छ ।
तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते
खास व्यक्तिको आतिथ्यले घरमा रौनकता छाउनेछ । वस्त्र, अर्थ वा उपचार प्राप्तिको योग रहेको देखिन्छ ।
वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू
दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले फाइदा नदिने देखिन्छ । यद्यपि साथीभाइ आफन्तबाट राम्रै साथ प्राप्त होला ।
धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
विवादास्पद विषयमा प्रवेश नगरेको नै उचित हुने देखिन्छ । आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने समय रहेको छ ।
मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
सामाजिक कार्यमा जस वा सफलता प्राप्त हुने देखिन्छ । धार्मिक कार्यमा रुचि बढ्ने दिन रहेको छ ।
कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा
सत्कर्मको यत्रतत्र चर्चा चल्ने देखिन्छ । साथसाथै प्रभावशाली बोलीले आफ्नो वर्चस्व जमाउने शुभ योगको समय रहेको छ ।
मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
ज्ञानार्जनका नयाँ बाटाहरु आलोकित हुनेछन । महत्वपूर्ण सभा, समारोहमा सहभागी हुने मौका मिल्ने सम्भावना रहेको छ ।
शुभ दिन !
भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।
–ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।