माघ २ गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,
मानसम्मान, सामाजिक प्रतिष्ठामा केही खलबल आउने देखिन्छ । खर्चका बाटाहरु लम्बिएर जाने समय रहेको छ ।
वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
अनायासै आर्थिक तथा जमिन लाभको योग रहेको छ । आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्ने देखिन्छ ।
मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, ह
स्वास्थ्य स्थिति अनुकूल प्राय रहेपनि सोचे आटेका कार्यलाई साकार रुप दिन कठिनाइ पर्ने समय रहेको छ ।
कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
राज्यपक्षबाट असहयोगको वातावरण बन्ने उच्च सम्भावना रहेको छ । वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने समय रहेको दखिन्छ ।
सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे
स्वास्थ्य अवस्थामा अनायास नकारात्मक परिवर्तन देखापर्नेछ । वैचारिक मतभेदको सम्भावना रहेको देखिन्छ ।
कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
थालेका कार्यले सफलताको मार्ग लिनेछन । मानसिक शान्ति र आराम मिल्ने समय रहेको दखिन्छ ।
तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते
आजको दिन विरोधी तत्वको लजास्पद हार हुनेछ । यत्रतत्र यश, कीर्ति फैलने समय रहेको देखिन्छ ।
वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू
यात्रा भ्रमणको क्रममा अनेकौं विघ्नबाधा सहनुपर्नेछ । मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने दिन रहेको छ ।
धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
स्वजनसँगै झैझगडा वा द्वन्द्वको स्थिति बन्न सक्नेहुदा संयमित रहनुहोला । हरेक कार्यमा बिघ्नबाधा खडा हुने समय रहेको देखिन्छ ।
मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
मनमा प्रसन्नताको सुखद् बहार छाउनेछ । आरोग्यतामा थप वृद्धि आउने समय रहेको देखिन्छ ।
कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा
आर्थिक संकटको सामना गर्नुपर्नेछ । असन्तोषरुपि अनल ज्वालामा चित्त प्रज्वलित हुने हुदा धैर्यता कायम राख्नुहोला ।
मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने दिन रहेको छ । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने समय रहेको देखिन्छ ।
शुभ दिन !
भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।
–ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।