तपाइको आजको राशिफलः माघ १

बिज्ञापन

माघ १ गते साेमबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

उचित समयमा उचित निर्णय लिन सकिनेछ । नाम र दाम आर्जन हुने शुभ योग रहेको छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

गरिरहेको कामबाट भन्दा बाहिरी कार्यबाट बढीको फाइदा हुन देखिन्छ । विपरीत लिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त हुने दिन रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

लामो समयदेखि रोकिएका कार्यले पुनः गति लिनेछन । नयाँ कार्ययोजना तयार हुने समय रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

शारीरिक तथा मानसिक आलस्यता बढ्ने समय रहेको छ । बन्नै लागेको काम अन्तिममा पुगेर बिग्रिन सक्छ संयमित रहनुहोला ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

कला साहित्य तथा सङ्गीतमा रुचि बढ्ने देखिन्छ । राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुने समय रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

घरमा नवीन रौनकता छाउनेछ । विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने दिन रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत मुनाफा दिन नसक्ने समय रहेको छ । कुनै अशुभ समाचार सुन्नुपर्ने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

अनावश्यक वादविवादको दलदलमा फसिनेछ । आफ्नो अधिकार प्राप्तार्थ सङ्घर्ष गर्नुपर्ने समय रहेको देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

धार्मिक स्थल, मठ, मन्दिरको भ्रमण हुने दिन रहेको छ । सामाजिक कार्यमा जस वा सफलता प्राप्त हुनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

बोलीको सकारात्मक प्रभाव बढ्नेछ । शुभ कार्यको यत्रतत्र चर्चा चल्ने समय रहेको देखिन्छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

सामाजिक मान सम्मानमा वृद्धि आउने समय रहेको छ । नयाँ ज्ञान आर्जन गर्ने सुअवसर प्राप्त हुनेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

लगनशीलता तथा आत्मविश्वासमा कमी आउनेछ । आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना रहेको देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व