तपाइको आजको राशिफलः माघ १०

बिज्ञापन

माघ १० गते बुधबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

आजको दिन उद्योग व्यवसायमा फाइदा हुने देखिन्छ । गरेका कार्यको उचित प्रतिफल प्राप्त हुने समय रहेको छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

अरुको विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिने हुदा संयमित रहनुहोला । यद्यपि बोलीले भने प्रभूत्व जमाउन सकिनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

लामो समयदेखि टाढिएका आफन्तजनसँग रमाईलो भेटघाट हुनेछ । कुनै रचनात्मक कार्यको प्रारम्भ हुने समय रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ । आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आम्दानी बढेसँगै मनमा उत्साह थपिने दिन रहेको छ । शुभ समाचारको प्राप्तिले मन आनन्दित हुनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

नयाँ कामको प्रस्ताव आउने दिन रहेको छ । पहिलेको सफलताले हौसला थपिने समय रहेको देखिन्छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

आशा र आश्वासन बाँड्नेले नै झुक्याउन सक्नेहुदा संयमित रहनुहोला । पहिलेका सम्झौता तोडिने परिस्थिति निर्माण हुने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

गरिसकेका कार्यलाई पुनः दोर्होयाएर गर्नुपर्ने समय देखिन्छ । न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने हुन सक्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुनेछ । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने दिन रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

दीर्घकालीन रुपमा फाइदा दिने कामको सुरुवात हुनेछ । आजको दिन यत्रतत्र चर्चाको विषय बनिनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । नयाँ कार्य प्रारम्भका लागि भने केही समय धैर्य गर्नु नै श्रेयस्कर हुने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव महसुस हुनेछ । परिश्रम खेर जाने योग रहेको छ धैर्य गरि अगाडी बढ्नु उचित हुनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व