तपाइको आजको राशिफलः मंसिर १

बिज्ञापन

मंसिर १ गते शुक्रबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

व्यापार व्यवसायमा असन्तुलनता देखापर्नेछ । आशा गरेको व्यक्ति वा स्थानबाटै निराश भइनेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुनेछ । अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्नेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

थालेका कार्यले सफलताको मार्ग पक्रिनुका साथै मनमा शान्ति मुहारमा कान्ति छाउनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिनुका साथै यत्रतत्र यश, कीर्ति, ख्याति फैलनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

मनमा अशान्तिको कालो बादल मडारिने तथा यात्राको क्रममा अनेकन विघ्न, बाधा, अप्ठ्याराको सामना गर्नुपर्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

मन प्रायः चैते हुरी झैँ उड्ने तथा स्वजनसँगै वैचारिक मनभेदको स्थिति बन्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

आरोग्यतामा वृद्धि आउनुका साथै सहजै कार्यसिद्धिको शुभ फलदायी योग छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्नेछ । आँखामा कुनै चोट लाग्ने वा समस्या देखापर्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

सामाजिक मान सम्मानमा वृद्धि आउनुका साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्राउने योग छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

विश्वासपात्र बाटै घातप्रतिघातको उच्च सम्भावना रहेको छ । नसोचेको ठाउँमा अनावश्यक खर्च बढेर जानेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आफन्तजन साथीभाइसँग रमाइलो भेटघाटको अवसर जुट्नुका साथै मनमा प्रसन्नता छाउनेछ । कुनै सुखद् समाचार सुन्न पाइनेछ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल