पुस २९ गते आईतबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,
मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइनेछ । शुभेच्छुक इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ने समय रहेको छ ।
वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
स्वास्थ्यस्थिति अनुकूल रहनेछ । तर आँटेको कार्यलाई गन्तव्यमा पु¥याउन केहि कठिनाइ सहनुपर्नेछ ।
मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, ह
व्यापार व्यवसायमा अन्तुलनता देखापर्नेछ । आशा गरेको व्यक्ति, स्थानबाट काम नबन्ने समय रहेको छ ।
कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्नेछ । अनावश्यक वादविवादमा फसिने सम्भावना रहेको छ ।
सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे
मनमा शान्ति तथा मुहारमा कान्ति छाउनेछ । प्रारम्भित कार्यले अपेक्षाकृत गति लिने समय रहेको छ ।
कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
शत्रुपक्षको शक्ति क्रमशः क्षीण बन्दै जानेछ । आफूले गरेको कार्यले आत्मसन्तुष्टि दिनेछ ।
तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते
घरबाहिरको बसाइँका क्रममा अनेकन विघ्नबाधाको सामना गर्नुपर्नेछ । मनमा अशान्तिले डेरा जमाउनेछ ।
वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू
इच्छित खानाको उपभोग तथा पूर्व निर्धारित कार्यमा बाधा होला । मनमा अस्थिरता छाउने दिन रहेको छ ।
धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
आरोग्यतामा थप वृद्धि आउनेछ । मनमा खुशीयाली छाउने शुभ योग रहेको देखिन्छ ।
मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
असन्तोषरुपि अनल ज्वालामा मन प्रज्वलित हुनेछ । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने समय रहेको छ ।
कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा
नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिनेछ । पारिवारिक साथ सहयोगले महत्वपूर्ण काम बन्ने समय रहेको छ ।
मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
सामाजिक मान सम्मानमा केही खलबल आउनेछ । खर्चका बाटाहरु लम्बिएर जाने उच्च सम्भावना रहेको देखिन्छ ।
शुभ दिन !
भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।
–ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।
।