तपाइको आजको राशिफलः पुस २६

पुस २६ बिहीबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

आश्वासन दिनेहरुबाटै घातप्रतिघात हुनेछ ।  पूर्व सम्झौता तोडिने प्रबल सम्भावना देखिन्छ ।

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

न्यून उपलब्धिमै चित्त बुझाउनुपर्नेछ ।  कार्य सफलताका लागि सोही काम पुन: दोहोर्‍याएर गर्नुपर्ने समय रहेकाे छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुनेछ ।  अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने दिन रहेकाे छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

परिश्रम अनुसारको नतिजा प्राप्त हुनेछ । दीर्घकालीन फाइदाको कार्य प्रारम्भ हुने देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

नयाँ कार्यका लागि भने प्रतीक्षा गर्नु नै श्रेयस्कर हुनेछ । यद्यपि बौद्धिक क्षेत्र भने फराकिलो हुँदै जाने समय रहेकाे छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

परिस्थिति प्रायः प्रतिकूल बन्नेछ । अप्ठ्यारो स्थितिमा साथ दिने कोही नहुने समय देखिन्छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

उद्योग, व्यापार , व्यवसायबाट फाइदा हुनेछ । गरेको कार्यको उचित प्रतिफल प्राप्त हुने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

अरुका विषयमा अनावश्यक चासो राख्दा आफू नै समस्यामा फसिनेछ । आर्थिक संकटको सामाना गर्नुपर्ने दिन रहेकाे छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

रचनात्मक कार्यको प्रारम्भ हुनेछ । विछोडिएका आफन्तसँग पुनर्मिलनको शुभ योग रहेकाे छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ । आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने समय देखिन्छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आम्दानी बढेसँगै मनमा उत्साह जाग्नेछ ।  कुनै शुभ समाचार सुन्न पाइने दिन रहेकाे छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

नयाँ काम वा रोजगारीको प्रस्ताव आउनेछ ।  पहिलेको सफलताले हौसला बढ्ने दिन रहेकाे छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी