तपाइको आजको राशिफलः पुस २४

बिज्ञापन

पुस २४ मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कार्यसम्पादनको जोस जाँगरमा न्यूनता आउनुका साथै अन्तिममा कार्य बिग्रने सम्भावना उच्च रहेको छ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

आशा गरेको व्यक्ति वा स्थानबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । कला साहित्यका क्षेत्रमा अभिरुचि बढ्ने देखिन्छ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइनेछ ।  घरमा नवीन चहलपहल छाउनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आफन्तजन इष्टमित्रबाट राम्रो साथ सहयोग प्राप्त भएतापनि शेयर, चिट्ठा जस्ता क्षेत्रमा गरेको लगानीले शुभ फल नदिने देखिन्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

वादविवाद, झैझगडाको दलदलमा फसिनेछ ।  स्वअधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

सामाजिक कार्य जिम्मेवारीमा सफलता मिल्नेछ ।  धार्मिक कार्यमा मन जाने देखिन्छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

बोलीको उच्च प्रभाव बढ्नेछ ।  शुभ कर्मको चर्चा यत्रतत्र चल्ने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

कुनै सभा समारोहमा सहभागी हुने मौका जुर्नुका साथै नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आफू कमजोर महसुस हुनेछ ।  हीनताबोध हुने साथै लगनशीलतामा समेत कमी आउने देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

सही समयमा गरेको सही निर्णयले फाइदा दिनेछ ।  नाम र दाम कमाउने शुभ योग रहेकाे छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

विपरीत लिङ्गी व्यक्तिबाट साथ , सहयोग तथा हौसला प्राप्त हुनुका साथै रोजगारीका नयाँ अवसर समेत जुट्ने समय रहेकाे छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

लामो समयदेखि रोकिएका कार्य सुचारु हुनेछन ।  नयाँ नयाँ योजनाहरु निर्माण हुने समय रहेकाे छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै