तपाइको आजको राशिफलः पुस २१

बिज्ञापन

पुस २१ गते शनिबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिनेछ । मनमा शान्ति तथा मुहारमा कान्ति छाउनेछ ।

बिज्ञापन

वृष :-ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

शत्रुपक्षको पराजय हुनेछ । वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्तिको शुभ योग रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, 

मनमा अशान्तिले डेरा जमाउनेछ । यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्ने देखिन्छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना हुनेछ । स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्न सक्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आरोग्यतामा थप वृद्धि आउनेछ । आर्थिक कारोबारमा फाइदा हुने दिन रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

मन असन्तोषरुपि आगोमा जल्ने देखिन्छ । आर्थिक शंकटको सामना गर्नुपर्ने दिन रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

सामाजिक आदरसत्कार प्राप्ति होला । आजको दिन महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

विश्वासपात्रबाटै घातप्रतिघात हुने सम्भावना रहेको छ । अनावश्यक ठाउँमा धननाश भएर जानेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्नेछ । मनमा हर्षोल्लास छाउनुका साथै शुभ समाचार सुन्न पाइने दिन रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

स्वास्थ्यस्थितिले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुने देखिन्छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बन्न सक्छ । व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्ने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिनुका कारण महत्त्वपूर्ण कार्य अन्तिममा गएर बिग्रिने उच्च सम्भावना रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व