तपाइको आजको राशिफलः कार्तिक ११

कार्तिक ११ गते शनिबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कुनै सभा समारोहमा सहभागी हुने अवसर जुट्नुका साथै नयाँ ज्ञान सीप अनुभव लिने मौका जुर्नेछ ।

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

आत्मसम्मान तथा आत्मविश्वासमा कमी आउनुका साथै स्वजनबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना रहेको छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

शुभ समाचारको आगमनले मन प्रफुल्ल तथा आर्थिक लाभको शुभ योग रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

विपरीत लिङ्गी मित्रले राम्रो साथ, सहयोग दिनुका साथै नयाँ रोजगारी आय आर्जनका बाटाहरु खुल्नेछन ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

धेरै लामो समयदेखि स्थगित कार्य पुनः सुचारू हुनुका साथै नयाँ कार्ययोजना तय हुने योग रहेको छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

मानसिक तथा शारीरिक अल्छीपन बढ्नेछ । बन्नै लागेका कार्य अन्तिममा गएर बिग्रिने योग छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

साहित्य, सङ्गीत तथा मनोरञ्जनात्मक कार्यमा रुचि बढ्नेछ । आशा गरेको व्यक्ति वा स्थानबाट सहयोग प्राप्त हुनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

विशिष्ट व्यक्तिको आतिथ्यता प्राप्त हुनेछ । आवसमा नयाँ रौनकता छाउनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

शेयर चिठ्ठा जस्ता क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् प्रतिफल नदिनुका साथै मनमा अशान्तिको कालो बादल मडारिने योग रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

वादविवादको दलदलमा फसिने उच्च सम्भावना रहेको छ । अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

धार्मिक तथा सामाजिक कार्यमा मन जानुका साथै कार्यसिद्धिको शुभ योग रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

वाणीको माध्यमबाट फाइदा लिन सकिने दिन रहेको छ । शुभ कर्मको चर्चा चल्नेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

शिवालय सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा सम्पन्न

नमुना एभरग्रीनमा खेल सप्ताह सुरु

देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जय ट्रफीकाे उपाधी नेपाल पुलिसलाई

बीमा रकमकाे लाेभमा भारतीय प्रेमी सँग मिलेर आफ्नै श्रीमानको हत्या

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना