कार्तिक ३० गते बिहीबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,
नयाँ कार्य योजना बनेसँगै लामो समयदेखि रोकिएका कार्यहरु सुचारु रुपमा अघि बढ्ने योग रहेको छ ।
वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
शारीरिक तथा मानसिक आलस्यता बढ्नुका साथै अन्तिम अवस्थामा काम बिग्रिने सम्भावना रहेको छ ।
मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, ह
कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै राज्यपक्षबाट राम्रो साथ सहयोग हौसला प्राप्त हुनेछ ।
कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइनुका साथै घरमा नवीन रौनकता छाउनेछ ।
सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे
साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाएतापनि चिठ्ठा, शेयरबजार जस्तो क्षेत्रमा गरेको लगानीले आशातीत प्रतिफल नदिने योग रहेको छ ।
कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
अनावश्यक वादविवादमा महत्वपूर्ण समय खर्च हुनुका साथै अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्नेछ ।
तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते
मठ, मन्दिर तथा धार्मिक क्षेत्रको यात्रा हुनसक्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।
वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू
बोलीको उच्च सकारात्मक प्रभाव पर्नेछ । सत्कर्मको चर्चा यत्रतत्र चल्नेछ ।
धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
सभा, समारोह, गोष्ठी, तालिममा सहभागी हुने मौका मिल्नेछ । नयाँ ज्ञान, सीप सिक्ने अवसर प्राप्त हुनेछ ।
मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
मनमा हीनताबोध तथा आत्मकमजोर महसुस हुनुका साथै लगनशीलता कमी आउनेछ ।
कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा
ठीक समय उचित निर्णय लिइनुका साथै नाम र दाम कमाइने शुभ योग रहेको छ ।
मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
गरिरहेको भन्दा फरक वा बाहिरी कामबाट फाइदा हुनेछ । विपरीत लिङ्गी साथीको राम्रो सहयोग प्राप्त हुनेछ ।
शुभ दिन !
भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।
–ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।