तपाइको आजको राशिफलः कार्तिक २९

बिज्ञापन

कार्तिक २९ गते बुधबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कार्यसम्पादनको जोस जाँगरमा न्यूनता आउनुका साथै अन्तिममा कार्य बिग्रने सम्भावना उच्च रहेको छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

आशा गरेको व्यक्ति वा स्थानबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । कला, साहित्यका क्षेत्रमा अभिरुचि बढ्नेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइनेछ । घरमा नवीन चहलपहल छाउनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आफन्तजन, इष्टमित्रबाट राम्रो साथ सहयोग प्राप्त भएतापनि शेयर, चिट्ठा जस्ता क्षेत्रमा गरेको लगानीले शुभ फल नदिने योग छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

वादविवाद, झैझगडाको दलदलमा फसिनुका साथै स्वअधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

सामाजिक कार्य जिम्मेवारीमा सफलता मिल्नुका साथै धार्मिक कार्यमा मन जानेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

बोलीको उच्च प्रभाव बढ्नेछ । शुभ कर्मको चर्चा यत्रतत्र चल्ने योग छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

कुनै सभा समारोहमा सहभागी हुने मौका जुर्नुका साथै नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आफू कमजोर महसुस हुने, हीनताबोध हुनुका साथै लगनशीलतामा समेत कमी आउने योग छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

सही समयमा गरेको सही निर्णयले फाइदा दिने तथा नाम र दाम कमाउने शुभ योग रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

विपरीत लिङ्गी व्यक्तिबाट साथ, सहयोग तथा हौसला प्राप्त हुनेछ । रोजगारीका नयाँ अवसर समेत जुट्ने योग रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

लामो समयदेखि रोकिएका कार्य सुचारु हुनुका साथै नयाँ नयाँ योजनाहरु निर्माण हुने योग रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल