तपाइको आजको राशिफलः कार्तिक २८

बिज्ञापन

कार्तिक २८ गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

वादविवाद तथा झैझगडाका विषयमा प्रवेश नगरेको नै श्रेयस्कर हुनुका साथै अनायासै स्वास्थ्यस्थितिमा नकारात्मक परिवर्तन देखापर्नेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

गर्न खोजेका कार्यले उचित मार्ग र गति लिनुका साथै मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

विरोधी तत्वहरुको हार हुँदै जाने तथा अर्थ, वस्त्र, उपहार वा पुरस्कार प्राप्तिको योग रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

कुनै अशुभ समाचारको प्राप्ति तथा मानसिक बेचैनीको स्थितिमा समय व्यतीत गर्नुपर्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

मन प्रायः अस्थिर रहनुका साथै हरेक कार्यमा कुनै न कुनै जटिलताको सामना गर्नुपर्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

आर्थिक कारोबारमा अपेक्षाकृत् लाभको प्राप्ति तथा मनमा प्रसन्नताको सुखद बहार छाउनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

आँखामा कुनै समस्या देखापर्नेछ । आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

सामाजिक स्थानमा नवीन उचाइ थपिनुका साथै नयाँ कार्यक्षेत्रमा गरिएको लगानीले थप फाइदा भित्राउने योग रहेको छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

नसोचेको ठाउँमा अनावश्यक धन नाश हुनेछ । आफन्तबाटै प्रतिपक्षीको भूमिका खेलिने उच्च सम्भावना देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

आफन्तजनसँग रमाइलो भेटघाटको अवसर जुट्नुका साथै अनायासै आर्थिक तथा जमिन लाभको योग रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

स्वास्थ्यले राम्रो साथ दिएपनि थालेका कार्यलाई अपेक्षाकृत् रुपमा अघि बढाउन निकै कठिनाइ हुने देखिन्छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

आशा गरेकै स्थान वा व्यक्तिबाटै असहयोगको वातावरण सिर्जना हुनुका साथै व्यापार व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व