तपाइको आजको राशिफलः कार्तिक ८

बिज्ञापन

कार्तिक ८ गते बुधबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

उचित समयमा उचित निर्णय लिन सकिनेछ । नाम र दाम आर्जन हुने समय रहेको छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

गरिरहेको कामबाट भन्दा बाहिरी कार्यबाट बढीको फाइदा हुने देखिन्छ । विपरीत लिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

लामो समयदेखि रोकिएका कार्यले पुनः गति लिने समय आएको छ । नयाँ कार्ययोजना तयार हुने योग छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

शारीरिक तथा मानसिक आलस्यता बढ्नुका साथै बन्नै लागेको काम अन्तिममा पुगेर बिग्रिन सक्छ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

घरमा नवीन रौनकता छाउनेछ । विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् मुनाफा दिन नसक्ला । कुनै अशुभ समाचार सुन्न पाइनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

अनावश्यक वादविवादको दलदलमा फसिनुका साथै आफ्नो अधिकार प्राप्तार्थ सङ्घर्ष गर्नुपर्ने देखिन्छ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

धार्मिक स्थल, मठ–मन्दिरको भ्रमण हुनेछ । सामाजिक कार्यमा जस वा सफलता प्राप्त हुने देखिन्छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

बोलीको सकारात्मक प्रभाव बढ्नसका साथै शुभ कार्यको यत्रतत्र चर्चा चल्नेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

सामाजिक मान सम्मानमा वृद्धि आउनेछ । नयाँ ज्ञान आर्जन गर्ने सुअवसर प्राप्त हुनेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

लगनशीलता तथा आत्मविश्वासमा कमी आउनुका साथै आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै