कार्तिक २७ गते सोमबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,
प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिएसँगै मनमा शान्ति तथा मुहारमा कान्ति छाउनेछ ।
वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
शत्रुपक्षको पराजयसँगै वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्तिको शुभ योग रहेको छ ।
मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, ह
मनमा अशान्तिले डेरा जमाएसँगै यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्नेछ ।
कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना हुनुका साथै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने योग छ ।
सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे
आरोग्यतामा थप वृद्धि आउनुका साथै आर्थिक कारोबारमा फाइदा हुनेछ ।
कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
मन असन्तोषरुपि आगोमा जल्नुका साथै आर्थिक शंकटको सामना गर्नुपर्नेछ ।
तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते
सामाजिक आदरसत्कार प्राप्ति हुनुका साथै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू
विश्वासपात्रबाटै घातप्रतिघात हुनुका साथै अनावश्यक ठाउँमा धननाश भएर जानेछ ।
धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्नुका साथै मनमा हर्षोल्लास छाउने शुभ समाचार सुन्न पाइनेछ ।
मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
स्वास्थ्यस्थितिले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुन देखिन्छ ।
कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा
आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बनेसँगै व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्नेछ ।
मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिनुका कारण महत्वपूर्ण कार्य अन्तिममा गएर बिग्रिने उच्च सम्भावना रहेको छ ।
शुभ दिन !
भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।
–ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।