तपाइको आजको राशिफलः कार्तिक २५

बिज्ञापन

कार्तिक २५ गते शनिबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भसँगै यत्रतत्र ख्याति बढ्नेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछ । यद्यपि नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षा गर्नु श्रेयस्कर हुनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

परिस्थिति प्रतिकूल बन्दै जानेछ । अप्ठ्यारोमा साथ दिनेहरुको अभाव महसुुस हुनेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

उद्योग व्यवसायमा राम्रो फाइदा हुनुका साथै गरेका कार्यको उचित प्रतिफल प्राप्त हुनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिनुका साथै मनमा असन्तोषरुपि ज्वारभाटा उठ्ने देखिन्छ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

रचनात्मक कार्यको शुभारम्भ भएसँगै लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

व्यवसायमा लगानी बढाउनुपर्ने तथा आर्थिक लाभ नहुने कार्यको जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

आम्दानी बढेसँगै मनमा उत्साह बढ्नुका साथै कुनै शुभ समाचार सुन्न पाइनेछ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

पूर्व कार्य सफलताले मनमा हौसला, प्रेरणा बढ्नुका साथै नयाँ कार्यको प्रस्ताव आउनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

आशा देखाउने वा आश्वासन बाँड्नेबाट काम नबन्नुका साथै पूर्व सम्झौता तोडिने उच्च सम्भावना रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

थालेका कार्यलाई पुनः दोहो¥याएर गर्नुपर्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्नेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

घुमफिर, मनोरञ्जनात्मक कार्यमा समय बित्नुका साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने योग छ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल