तपाइको आजको राशिफलः कार्तिक २३

कार्तिक २३ गते बिहीबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

विशिष्ट अतिथिको आगमनसँगै घरमा नवीन रौनकता छाउनेछ ।

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

स्वजनबाट आशातीत साथ सहयोग प्राप्त भएपनि चिठ्ठा, शेयर जस्ता क्षेत्रमा गरेको लगानीले निराश बनाउनेछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

वैचारिक मनमुटावको दलदलमा फसिनुका साथै अधिकार प्राप्तिका लागि समेत कडा कसरत गर्नुपर्नेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

धार्मिक कार्यमा रूचि बढ्नुका साथै सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

वाणीको उच्च प्रभाव पर्नुका साथै सत्कर्मको यत्रतत्र चर्चा चल्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

अध्ययन, अनुसन्धानमा मन जानुका साथै बौद्धिक सभा, गोष्ठी, सम्मेलनमा सहभागी हुने मौका पाइनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

लगनशीलतामा केही कमी आउनुका साथै हीनताबोध, उदासीनता महसुस हुनेछ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

उपयुक्त समयमा गरेर उचित निर्णयले नाम र इनाम प्राप्त हुने उच्च सम्भावना रहेको छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

विपरीत लिङ्गी साथीबाट साथ सहयोग प्राप्त हुनुका साथै वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

थाती रहेको कार्यहरु सुचारू हुनुका साथै नयाँ कार्यक्षेत्रका नवीन योजना निर्माण हुनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

शारीरिक तथा मानसिक स्फूर्तिमा कमी आउनाले अन्तिममा पुगेर काम बिग्रिने सम्भावना रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

कला, साहित्यका कार्यमा चासो तथा रूचि बढ्नुका साथै अपेक्षित स्थानबाट साथ सहयोग प्राप्त हुनेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते