तपाइको आजको राशिफलः कार्तिक २१

कार्तिक २१ गते मंगलबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदिएपनि आफन्तजनबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ ।

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

मन अस्थिर रहनुका साथै आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

मनमा प्रसन्नता छाउनुका साथै कार्यसिद्धिको शुभफलदायक योग रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

बोलीको सकारात्मक प्रभाव बढ्नुका साथै शुभ कार्यको चर्चा चल्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

कुनै सभा समारोहमा सहभागी हुने अवसर जुटेसँगै नयाँ ज्ञान प्राप्तिको मौका मिल्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

सामाजिक स्थानमा केही खलबल आउनुका साथै मानसिक चिन्ता बढ्ने उच्च सम्भावना रहेको छ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

ठीक समयमा गरेको उचित निर्णयले नाम र दाम दुबै आर्जन हुने योग रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

विपरीतलिङ्गी साथीको राम्रो साथ सहयोग प्राप्त हुनुका साथै गरिरहेको कामभन्दा बाहिरी कामबाट फाइदा हुने देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

रोकिएका कार्यहरु पुनः सुचारू हुनुका साथै नयाँ कार्ययोजना तय हुने योग रहेको छ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

आलस्यता बढेसँगै अन्तिममा पुगेर भइरहेको काम बिग्रिने उच्च सम्भावना रहेको छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

कला साहित्यमा रुचि बढ्नुका साथै राज्यपक्षबाट साथ सहयोग प्राप्त हुनेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

शत्रुपक्षको हारसँगसँगै आफूले गरेको कार्यमा आत्मसन्तुष्टि मिल्नेछ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी