तपाइको आजको राशिफलः कार्तिक १७

बिज्ञापन

कार्तिक १७ गते शुक्रबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

कुनै धार्मिकस्थलको उपलब्धिमूलक भ्रमण हुनुका साथै सामाजिक कार्यमा जस पाइने योग रहेको छ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

बोली वचनको उच्च प्रभाव पर्नेछ । शुभ कर्मको यत्रतत्र चर्चा चल्ने योग छ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

सभा समारोहमा सरिक भइनेछ । मान सम्मानमा वृद्धि हुने दिन रहेको छ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

आत्मविश्वास तथा लगनशीलतामा केही कमी आउनुका साथै हीनताबोध महसुस हुनेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने समय रहेको छ । अनायासै आर्थिक लाभको मौका जुर्नेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

गरिरहेकोभन्दा बाहिरी कामबाट बढी मुनाफा हुनुका साथै साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाइनेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

नयाँ कार्ययोजना तय हुनुका साथै रोकिएका कार्य पुनः सुचारू हुने योग रहेको छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

मानसिक दिक्दारी तथा शारीरिक आलस्यता बढ्नुका साथै अन्तिम अवस्थामा कार्य बिग्रिने योग रहेको छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

आशा गरेको व्यक्ति स्थानबाट सकारात्मक प्रतिक्रिया पाइनेछ । साहित्य कला खेलकुद जस्ता क्रियाकलापमा मन जानेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

आत्मसन्तुष्टि हुने कार्य सम्पन्न गरिनुका साथै खास व्यक्तिलाई घरमा अतिथिका रुपमा स्वागत गर्न पाइनेछ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

स्वजनबाट राम्रो साथ सहयोग हौसला पाए पनि आर्थिक लगानीका लागि प्रतिकूल समय रहेको छ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

वादविवादबाट टाढा नै रहेको उचित हुनेछ । हक अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने देखिन्छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै