कार्तिक १६ गते बिहीबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,
आरोग्यतामा थप वृद्धि आउनुका साथै मनमा प्रसन्नताको बहार छाउनेछ ।
वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
आर्थिक कारोबारमा नोक्सानी सहनुपर्नेछ । मनमा असन्तोषको ज्वारभाटा उठ्ने योग रहेको छ ।
मिथुन :- का, की, कू, घ, ङ, छ, के, को, ह
सामाजिक इज्जत प्रतिष्ठामा वृद्धि आउनुका साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्राउने योग रहेको छ ।
कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो
विश्वास पात्रबाटै घातप्रतिघात हुनेछ । नसोचेको ठाउँमा अनावश्यक खर्च बढ्ने उच्च सम्भावना रहेको छ ।
सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे
आफन्तनजसँग रमाइलो भेटघाटको अवसर जुट्नेछ । कुनै सुखद समाचार सुन्न पाइनेछ ।
कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ हुने देखिन्छ ।
तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते
आशा गरेको व्यक्ति, स्थान वा राज्यपक्षबाट असहयोग हुनेछ । व्यापार व्यवसायमा असन्तुलनता हुने योग रहेको छ ।
वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू
अनायासै स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तन देखापर्नेछ । वादविवाद जन्य विषयमा प्रवेश नगरेको नै उचित हुने देखिन्छ ।
धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
थालेका कार्यले सफलताको मार्ग लिनुका साथै मनमा शान्ति मुहारमा कान्ति छाउनेछ ।
मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी
प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिनुका साथै यत्रतत्र यश कीर्ति फैलने योग रहेको छ ।
कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा
घरबाहिरको बसाइका क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्नेछ । मनमा अशान्तिले डेरा जमाउनेछ ।
मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
मन प्रायः अस्थिर रहनुका साथै आफन्तजनसँगै वैचारिक मनमुटावको परिस्थिति निर्माण हुनेछ ।
शुभ दिन !
भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।
–ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।