तपाइको आजको राशिफलः असोज २९

बिज्ञापन

असोज २९ गते साेमबार
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

बिज्ञापन

मेष :- चू, चे, चो, ला, ली, लू, ले, लो,

प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिनेछ । मनमा शान्ति तथा मुहारमा कान्ति छाउनेछ ।

बिज्ञापन

वृष :- ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

शत्रुपक्षको पराजय हुनेछ । वस्त्र, धन, उपहार वा पुरस्कार प्राप्तिको शुभ योग रहेकोछ ।

मिथुन :- का, की, कू, घ, ङ, छ, के, को,

मनमा अशान्तिले डेरा जमाउने देखिन्छ । यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्नेछ ।

कर्कट :- ही, हू, हे, हो, डा, डी, डू, डे, डो

स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना हुनेछ । स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्नेछ ।

सिंह :-मा, मी, मू, मे, मो, टा, टी, टू, टे

आरोग्यतामा थप वृद्धि आउला । आर्थिक कारोबारमा फाइदा हुनेछ ।

कन्या :- ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

मन असन्तोषरुपि आगोमा जल्न सक्छ । आर्थिक शंकटको सामना गर्नुपर्नेछ ।

तुला :- रा, री, रू, रे, रो, ता, ती, तू, ते

सामाजिक आदरसत्कार प्राप्ति हुनेछ । महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ ।

वृश्चिक :- तो, ना, नी, नू, ने, नो, या, यी, यू

विश्वासपात्रबाटै घातप्रतिघात हुनसक्छ । अनावश्यक ठाउँमा धननाश भएर जाने देखिन्छ ।

धनु :- ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्नेछ । मनमा हर्षोल्लास छाउनेछ, शुभ समाचार सुन्न पाइनेछ ।

मकर :- भो, जा, जी, खी, खू, खे, खो, गा, गी

स्वास्थ्यस्थितिले राम्रो साथ नदिन सक्छ । सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ पर्ने देखिन्छ ।

कुम्भ :- गू, गे, गो, सा, सी, सू, से, सो, दा

आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बन्नेछ । व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्नेछ ।

मीन :- दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिनुका कारण महत्त्वपूर्ण कार्य अन्तिममा गएर बिग्रिने उच्च सम्भावना रहेको छ ।

शुभ दिन !

भाग्यमा भन्दा कर्ममा विश्वास गराै । कर्मशिल र लगनशिल भएर मेहनत गर्नुहाेला तपाइकाे दिन सफल रहनेछ ।

ज्याे. सुर्य पाैडेलकाे सहयाेगमा तपाइकाे आजको राशिफल तयार पारेका हाैं ।

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल